काठमाडौं । ब्राजिलियन क्लब पाल्मेइरासले फिफा क्लब विश्वकपकाे क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। राउन्ड अफ १६ को रोमाञ्चक खेलमा पाल्मेइरासले बोताफोगोलाई १-० गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हाे । निकै प्रतिस्पर्धात्मक बनेको यो खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट कुनै गोल हुन सकेन, जसकारण खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको १००औँ…