काठमाडौं । वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलिया टेस्ट शृंखलाको पहिलो दिन अष्ट्रेलिया केवल १८० रनमै अलआउट भएको छ । बार्बाडोसमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले १८० रन बनाएर फर्किएको थियो। अष्ट्रेलियाका ट्राभिस हेडले ५९ रन बनाए पनि पछि अन्य ब्याटले लय पकड्न सकेनन् । उस्मान ख्वाजाले ४७ रन, कप्तान प्याट कमिन्सले २८ रन र…