मानव तस्करीको मामलामा नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै आर्यन र केकी पुगे सीआईबी

मानव तस्करीको मामलामा नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै आर्यन र केकी पुगे सीआईबी


अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् । विदेशमा मानव तस्करी प्रकरणमा आफ्नो नाम मुछिएपछि उनीहरु छानबिनको माग गर्दै सीआईबी पुगेका हुन् ।

आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै त्यसमा संलग्न दोषीलाई कानुनी कारवाहीको माग गर्दै उनीहरु कार्यालयमा आएको सीआईबीका प्रवक्ताले जानकारी जानकारी दिए ।

फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो । 

 

Logo