किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ


१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेकाे छ ।

बागलुङ गल्कोट–११ घर भई हाल सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत शनिबार किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेको हो । किशोरीलाई बलात्कार गरेको खुलासा भएपछि रानालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । 

आरोपितविरुद्ध सोमबार जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए । 

Logo