फाल्गुनन्दकाे सम्मानका लागि एमालेले एकदिन पछि सार्‍यो चुनावी कार्यक्रम

फाल्गुनन्दकाे सम्मानका लागि एमालेले एकदिन पछि सार्‍यो चुनावी कार्यक्रम


नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार योगेशकुमार भट्टराईले किराँत धर्मका गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्ने र जन्मजयन्तीका दिन बिदा दिने चलन एमाले नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् । 

फाल्गुनन्दकै सम्मानका लागि भन्दै एमालेले यसअघि मैवाखोला गाउँपालिकामा कात्तिक २५ गतेका लागि तय गरेको चुनावी कार्यक्रम एकदिन पर सारेको नेता भट्टराईले बताए । 

फाल्गुनन्दको १ सय ३८औं जन्मजयन्तीको अवसर पारेर ताप्लेजुङको फुङलिङमा बिबिध कार्यक्रमका साथ फुङलिङमा निर्मित नेपालकै ठूलो मानिएको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरणको कार्यक्रम रहेको छ । १५ फिट अग्लो १सय ३५ क्विन्टल वजनको सो सालिक अनावरणसहित फाल्गुनन्दको जन्मजयन्तीका दिन बिबिध कार्यक्रम हुँदैछन् । 

आफुहरुले यसअघि एमाले जाति–जनजातिको पहिचान, जातिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न लडेको शक्ति भएकोले सो पार्टीको एउटा सिपाहीका हिसावले आफु सोही अभियानमा तल्लिन रहेको उनले बताए । 

एमाले ताप्लेजुङले आयोजना गरेको तेस्रो चुनावी सभालाई आइतवार मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फीमा सम्बोधन गर्दै नेता भट्टराईले एमाले शान्तिपूर्ण प्रतिश्पर्धामा विश्वास राख्ने भएकोले आफु र एमालेले शान्तिपूर्ण प्रतिश्पर्धालाई सम्मान गर्ने बताए । एमालेकै नेतृत्वको सरकारका पालामा द्धन्दरत विप्लव नेतृत्वको माओवादी, पृथकतावादी आन्दोलनमा रहेको सिके राउत समूह सहितका सशस्त्र आन्दोलनरत पक्षलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सकेको भन्दै उनले गर्व गरे । 

१० बर्षे सशस्त्र युद्ध गरेको माओवादी शान्तिपूर्ण राजनीतिमार्फत लोकतान्त्रिक अभ्यासमा आएको भन्दै नेता भट्टराईले त्यहिँ शान्तिपूर्ण राजनीतिका कारण माओवादीका उम्मेदवारसंग लोकतान्त्रिक शक्ति प्रतिश्पर्धामा रहेको उनले बताए । ताप्लेजुङमा भट्टराई र सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच मुख्य प्रतिश्पर्धा हुने अनुमान गरिएको छ । 

भट्टराई र बुढाक्षेत्री सहितप्रतिनिधिसभामादुई स्वतन्त्र सहित ११ जनाउम्मेदवार प्रतिश्पर्धामा रहेका छन् । 

नेता भट्टराईले एमाले र माओवादीबीचको बामएकता टुट्नुलाई दुर्भाग्यपूर्ण भनेका छन् । प्रचण्डको उग्र महत्वकाँक्षा र अरु केहि प्राविधिकबिषयले बामएकता टुटेपनि एउटै कम्युनिष्ट पार्टी बनाउने एजेण्डा समाप्त नभएको उनले बताए । 

माओवादीले आफु अलग भएर पार्टीगत अस्थित्व रक्षा गर्न नसक्ने भन्दै नेता भट्टराईले सबै किसिमका आग्रह र पूर्वाग्रह छाडेर फेरी कम्युनिष्ट एकताका लागि आह्वान पनि गरेका छन् । पुँजीवादी शक्ति काँग्रेससंग मिलेर साम्यवादको लक्ष्यमा नपुग्ने भएकोले माओवादीलाई अंगालो हालेको शक्ति परिवर्तनको बिषयमा सोच्न समेत उनले आग्रह गरे । 

Logo