कान्तिपुरका सहायक–सम्पादक बानियाँको शव फेला

कान्तिपुरका सहायक–सम्पादक बानियाँको शव फेला


दुई दिनदेखि वेपत्ता भएका पत्रकार बलराम बानियाँको शव मकवानपुरको सिस्नेरीमा फेला परेको छ ।

बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

उनी पछिल्लोपटक सोमबार राजधानीको बल्खुचोकमा देखा परेको प्रहरीले जानकारी दिएको छ । उनलाई बल्खु खोलाले बगाएको प्रहरीले जनाएको छ  ।

तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए । पछिल्लो समय कान्तिपुर दैनिकका सहायक–सम्पादककारूपमा कार्यारत बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Logo