सोमबार पनि काठमाडौं महानगरले फोहोर नउठाएपछि शितल निवासको फोन

सोमबार पनि काठमाडौं महानगरले फोहोर नउठाएपछि शितल निवासको फोन


काठमाडौं महानगरपालिकाले आज पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन ।

फोहोर व्यवस्थापन गर्ने संस्था परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेका अनुसार शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सरकारप्रति असन्तुष्ट व्यक्त गर्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेपछि फोहोर त्यत्तिकै थन्किएको हो । जसले आज पनि निरन्तरता पाएको छ ।  

यसैबीच राष्ट्रपति कार्यालय शितल निवासले टेलिफोनमार्फत फोहोर व्यवस्थापन गर्ने संस्थासँग फोहोर उठाइदिन अनुरोध गरेको छ । तर,  महानगरले तत्काल लैजान निर्देशन नदिएकाले नउठाएको सञ्चालक घिमिरेले जानकारी दिए ।  

सिंहदरबारको फोहोर उठ्न नदिने घोषणा गरेकोबारे सोमबार मेयर बालेनले कारणहरु पनि खुलाएका छन् । आफूले ९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार (काठमाडौं महानगर)बीच समन्वय गर्न नसकेको उनको गुनासो छ । ‘बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको अहिलेसम्मको निष्कर्ष सिंहदरबारको फोहोर नउठाउने निर्णय हो,’ उनले भनेका छन् । 

Logo