बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता जारी

बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता जारी


काठमाडौं ।

नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समस्या समाधानका लागि भन्दै लामो समयदेखि छलफल चल्दै आएको छ । यसैबीच आज पनि उनीहरु भेटवार्तामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बीच भेटवार्ता भईरहेकाे छ ।

यस अघि दुई अध्यक्षबीच सोमबार पनि ‘वन टु वन’ वार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा छलफल चले पनि कुनै निष्कर्ष निस्किएन । उनीहरुबीच नेकपाको पछिल्लो विवादकै विषयमा कुराकानी भएको थियो । तर के के सहमति भयो भन्ने विषय भने सार्वजनिक भएन ।

उनीहरुवीचको वार्ता सकारात्मक बाटोमा अघि बढेको भनिएको छ । नेकपामा भएको पछिल्लो विवादले यतिबेला सबैको ध्यान खिचेको छ भने समस्या समाधान गर्न पनि सबैले आआफ्नो प्रयास जारी राखेका छन् ।

Skip This
Logo