1
1
Kendrabindu - News & Articles from Nepal

फ्राइडे फिल्म : ‘आमा’ र ‘सेन्टी भाइरस’ को भिडन्त

1
1
1
1
1
1
1

काठमाडौं ।

फ्राइडे फिल्म अन्तर्गत आज हलमा दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ को भिडन्त हुने भएको छ ।

चलचित्र ‘आमा’ लाई दीपेन्द्र के खनालले निर्देशन, लेखन र छायांकन गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । हस्पिटल ड्रामा ‘आमा’ लाई दर्शक तथा चलचित्र समीक्षक दुवैले मन पराउनेमा निर्देशक खनाल विश्वस्त छन् ।

यस्तै धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ पनि आजदेखि नै रिलिज हुने भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिक र सामाजिक विषय उठान गरेको छ । हास्यव्यङग्यमा आधारित चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्दि तामाङ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

यस्तै दुई बलिउड चलचित्र ‘शुभ मंगल ज्यादा सावधान, ‘भूतः द हन्टेड सिप’ का साथै हलिउड चलचित्र ‘द कल अफ द वाइल्ड’ प्रदर्शनमा आउने भएका छन् ।

प्रकाशित: ९ फागुन २०७६ ०७:५६ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी