ललिता निवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै

ललिता निवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै


ललिता निवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौँ जिल्ला अदालतमा हुने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार मुद्दा दर्ता गरेको हो। 

सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिएपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने जनाउँदै किर्तेमा मुद्दा चलाएको हो। सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा भएको छ। 

आज चार जनाको बयान लिने काठमाडौँ जिल्ला अदालतकाे तयारी गरेको छ। ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा चार पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यसहित सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको छ। ललितानिवास जग्गा प्रकरणमा १८ जना थुनामा छन्।

Logo