कम्प्युटर साइन्सका विद्यार्थीहरुले नेपाललाई विश्वसामु प्रतिनिधित्व गर्नेछन्ः डा. कुसुम शाक्य

कम्प्युटर साइन्सका विद्यार्थीहरुले नेपाललाई विश्वसामु प्रतिनिधित्व गर्नेछन्ः डा. कुसुम शाक्य


त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्रमुख डा. कुशुम शाक्यले कम्प्युटर साइन्स पृष्ठभूमि भएका विद्यार्थीहरुको भविष्य सुनिश्चित रहेको बताएकी छिन्। 

काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी) ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रम बाेल्दै उनले अहिलेको सूचना प्रविधिको दुनियाँमा कम्प्युटर साइन्सकै विद्यार्थीहरुले नेपाललाई विश्वसामु प्रतिनिधित्व गर्ने बताएकी हुन्। 

कार्यक्रममा बाेल्दै उनले भनिन्,‘अहिलेको समयमा सूचना प्रविधिको महत्त्व दिन प्रतिदिन बढ्दै गइरहेको छ, यसकारण  विद्यार्थीहरुपनि सूचनासँग नजिक हुनुपर्छ, कम्प्युटर साइन्स पृष्ठभूमिमा भएका विद्यार्थीहरुको भविष्य सुनिश्चित छ।’ 

कार्यक्रममा बोल्दै डा.शाक्यले कोरोनाको समयमा अनलाइन कक्षा सञ्चालन गर्दाको अनुभव सुनाँउदै अहिलेको समयमा सूचना प्रविधिको महत्व धेरै राम्राे रहेकाे बताएकी छिन्। 

Logo