२० असार २०७९ सोमबार
1
1
1
1

‘चपली हाइट -३’ को टिजर सार्वजनिक (भिडियोसहित)

1
1
1
1

काठमाडौँ ।

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट – ३’ को टिजर सार्वजनिक भएको छ ।

चैत्र २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको टिजर शुक्रवार सार्वजनिक गरिएको हो । सार्वजनिक टिजर हेर्दा चलचित्र थ्रिलर र सस्पेन्स युक्त भएको बुझ्न सकिन्छ । टिजरमा चलचित्रका मुख्य कलाकारहरु सबैलाई स्थान दिइएको छ । केही समय अघि चलचित्रको पहिलो गीत ‘चार आनाको मसला’ सार्वजनिक भएको थियो । जसलाई दर्शकले निकै मन पराएका थिए ।

यस चलचित्रको पहिलो भागले दर्शकको मन जितेको थियो । जसकारण यसको तेस्रो भाग कस्तो बन्ने हो भन्ने धेरैको मनमा कौतुहलता थियो । टिजरले चलचित्रप्रति थप कौतुहलता थपिदिएको छ ।

‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् । हेरौं भिडियोमा :

प्रकाशित: २५ फागुन २०७६ १७:०८ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी