सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते


इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र  घाइतेको उपचारका लागि काठमार्डौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

Logo