सिनेजगत प्रदेश ३

कलाकार देव लामाको उपचारार्थ चलचित्र विकास बोर्ड र फिल्मकर्मीहरूको सहयोग

15 Shares

काठमाडौं ।

पुराना कलाकार , निर्माता तथा पत्रकार देव लामाको उपचारको लागि बुधबार १ लाख ५० हजार बढी रकम हस्तान्तरण गरिएको छ।

हेटौंडा ८ कमाने घर भई हाल काठमाडौंको कलंकी बस्दै आएका देव लामा बिगत लामो समयदेखि मस्तिश्क रक्तश्रावबाट थलिएका छन् । बाथरुममा लडेर घाइते भइ उपचारका क्रममा आर्थिक अवस्था कमजोर हुँदै गएको तर स्वास्थ्य अवस्थामा भने सुधार हुन नसकेकाले लामाको थप उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

बुधबार बिरामी लामा बस्दै आएको डेरामा पुगेर चलचित्र विकास वोर्डका नवनियुक्त अध्यक्ष तथा निर्देशक दयाराम दाहाल, वरिष्ठ कलाकार बसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामासहितको टिमले लामालाई उनकी श्रीमती सर्मिला लामाको हातमा उक्त रकम हस्तान्तरण गरेको हो।

उक्त रकम मध्ये रु ९५ हजार चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषबाट र बाँकी रकम निर्माता, कलाकार तथा समाजसेवी सुशान्त श्रेष्ठको अगुवाईमा हस्तान्तरण गरिएको हो ।

घाइते भएपछि लामो समय उपचार गराइए पनि सफल नभएपछि प्यारालाईसिसको अवस्थामा पुगेका लामाको उपचारका लागि थप रकम आवश्यक रहेकाले त्यसका लागि पनि विभिन्न स्तरमा पहल भइरहेको कलाकार सुशान्त श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३० जेष्ठ २०७७ ०९:२५ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी