८ जेठ २०७९ आइतबार
1
1
1
1

नायिका वर्षा सिवाकोटी 'आई पे रेमिट' को ब्रान्ड एम्बास्डर

1
1
1
1
1
1

काठमाडौं ।
नेपाली चलचित्रकी चर्चित नायिका वर्षा सिवाकोटी ‘आई पे रेमिट’ को ब्रान्ड एम्बास्डरमा अनुबन्धित भएकी छिन् ।

बुधबार आफ्नै कार्यालयमा कार्यक्रम गरि वर्षालाई ‘आई पे रेमिट’ ले आफ्नो कम्पनीको ब्रान्ड एम्बास्डर घोषणा गरेको थियो । आई पे रेमिटमा अनुबन्धित भईसकेपछि अबको भूमिका के रहनेछ भनि केन्द्रबिन्दुले वर्षासँग कुराकानी गर्दा उनले भनिन् , ‘अहिले कोरोना महामारी सकिसकेको छैन, त्यसैले बाहिर कुनै कार्यक्रमहरुमार्फत प्रोमोशन गर्ने कुरा भएन । हाललाई जति सकिन्छ सामाजिक संजालमा सक्रिय भएर आई पे रेमिटको प्रोमोसन गर्ने सम्झौता भएको छ ।’

वि.सं. ०६८ मा स्थापना भएको आई पे रेमिट नेपालमा रेमिट्यान्स् भित्र्याउन अग्रणी स्थानमा रहेको छ । आई पे रेमिटले आफ्ना सेवाहरू अन्तर्गत राष्ट्रिय,अन्तर्राष्ट्रिय व्यवसायिक एसोसिएट्समार्फत एक लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाईएको पैसा जापान, मलेसिया, कतार दुवई जस्ता देशहरुबाट नेपालमा बसोबास गर्ने आफ्ना परिवारलाई छिटो सुरक्षित भरपर्दो माध्यम प्रयोग गरेर पठाउन मद्दत गर्दै आएको छ ।

आई पे रेमिटले आफ्नो कम्पनीको ब्रान्ड एम्बास्डरका रुपमा नेपाली चलचित्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीलाई एक वर्ष को लागि चयन गरेको हो ।

प्रकाशित: २२ साउन २०७७ ०९:३० बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी