1
1

दिनेश पाख्रिनको 'झोल झाल' प्रशारणमा

1
1
1

काठमाडौं ।

चर्चित नृत्य निर्देशक तथा फिल्म निर्माता दिनेश पाख्रिनको निर्माणमा मेघा सिरियल ‘झोल झाल’ निर्माण भएको छ । केही समय अगाडि छायाँकन भएको सिरियल अहिले प्रशारणको तयारीमा रहेको निर्माता दिनेश पाख्रिनले बताए ।

कथा तथा निर्माण परिकल्पना समेत पाख्रिनकै रहेको तथा आर्ट एभेरेष्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘झोल झाल’मा रवि गिरी, रमेश बस्नेत, तिर्थ थापा, कालु राना, निर्मल लामा, रोहित रुम्बा, रेसम फिरिरि, पवन नगरकोटी, सोम लामा, शैलेस पहारी, रस्मी भट्ट, कविता राय, श्रृजना मल्ल ठकुरी, सविना मल्ल ठकुरी, निर्मल लामा, सुशीला निरौला ‘बिमली’, पवन केसी, जनक कार्की, बालकलाकार हेलेन पाख्रिन, आयुब बिष्ट लगायतको अभिनय रहेको छ ।

देशमा भएको राजनीतिक उतारचढावमा पनि यथावत रहेका जनताको समस्या, नेताहरुका कारण जनताले पाएको दुःख, पारिवारिक समस्या आदि बिषय समेटिएको सिरियलका प्रस्तुतकर्ता हेलेन पाख्रिन, निर्माता वीरबहादुर तामाङ (बिक्रम), कर्ण बहादुर विष्ट सहनिर्माता निर्मल लामा, पवन नगरकोटी र कार्यकारी निर्माता शेखर लामा रहेका छन् ।

विकाश चौधरीको संगीत, मौसम मधुरको स्वर, रामेश्वर हुमागाईंको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको सिरियल आरएल मोक्तानले निर्देशन गरेका हुन् । मोक्तानले यस अगाडि ‘द मंगोलियन हाट’, ‘वस्तुशास्त्र’, ‘सम्हाली राख है’ लगायत निर्देशन गरेका थिए । आम जनमानसका समस्या सम्बन्धित पक्षसम्म पुर्याउन र सर्वसाधारणलाई सन्देश दिन सिरियल निर्माण गरिएको निर्माण परिकल्पना पाख्रिनले बताए ।

प्रकाशित: ४ असोज २०७७ १७:४३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी