1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

अभिनेत्री ऋचा शर्माले जितिन् कोरोना

1
1
1
1
1
1
1
1

काठमाडौं ।

अभिनेत्री ऋचा शर्मा कोरोना संक्रमणमुक्त भएकी छिन् । तीन हप्ता अघि कोरोना संक्रमण पुष्टि भएकी ऋचा मंगलबारको परीक्षण रिपोर्टसँगै संक्रमण मुक्त भएकी हुन् ।

तीन हप्ता सेल्फ क्वारेन्टिनमा बसेपछि उनले कोरोनालाई जितेको जानकारी गराएकी छिन् । यस बारेमा ऋचाले आफ्नो फेसबुकमार्फत् कोरोनामुक्त भएको जनाएकी हुन् ।

आफूले कोरोना जितेको खुसी साट्दै उनले लेखेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व हो । भनिन्छ कि, पढेर जानिन्छ कि परेर । यस भयावह अवस्थाकाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएको छु ।’

उनले लेखेकी छिन्, ‘कोरोनाको बारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाइन्डिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्दछु । कोरोना जित्न मैले के गरेँ, खानपान, जीवन शैलीबारे छिटै यहाँहरुलाई जानकारी गराउने छु ।’

अभिनेत्री ऋचा शर्माले यो समयमा अग्रपंक्तिमा रहेर काम गर्नेलाई समेत धन्यवाद दिन भ्याएकी छिन् ।

प्रकाशित: २० कात्तिक २०७७ १३:४८ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी