२ जेठ २०७९ सोमबार
1
1
1
1

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ३’ युट्युवमा सार्वजनिक (पूरा फिल्मसहित)

1
1
1
1
1
1

काठमाडौं ।

अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ युट्युवमा सार्वजनिक गरिएको छ । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ गत साल प्रदर्शनमा आएको थियो ।

ब्यवसायिक रुपमा सफल तथा डेव्यु चलचित्रमा नै सुहानाको अभिनयले प्रशंसा पाएको थियो । निर्माता सुनिलकुमार थापा यही समुह लिएर यतिबेला ‘ए मेरो हजुर ४’ पनि निर्माण गरिरहेका छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेलको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ । पूरा फिल्म :

प्रकाशित: २० कात्तिक २०७७ १६:१२ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी