लकडाउनले पनि बन्द भएनन् भक्तपुरका ईंट्टाभट्टा, जोखिममा मजदुर

लकडाउनले पनि बन्द भएनन् भक्तपुरका ईंट्टाभट्टा, जोखिममा मजदुर


भक्तपुर।

मुलुक र नागरिकलाई कोरोना संक्रमणको महामारीबाट जोगाउन सरकारले लकडाउन गरे पनि भक्तपुरका अधिकांश ईंट्टाभट्टा भने आज पनि सञ्चालन भइरहेका छन् ।

सरकारले २५ जना भन्दा बढी भेला नहुन सूचना जारी गरे पनि भक्तपुरका ईंट्टाभट्टामा ४ सय देखि ५ सय मजदुरले ईंट्टा उत्पादनको काम गर्दै आएका छन् । भक्तपुरको ब्रम्हायणी, सुडाल, झौखेल क्षेत्र लगायतका ईंट्टाभट्टा सञ्चालन भइरहेकाले कोरोनाको उच्च जोखिम रहेको छ ।

यस विषयमा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रलाई सम्पर्क गर्दा मेयर मिश्रले भट्टा संचालन भइरहेको गुनासो आएको बताए । ईट्टा भट्टाका मजदुर भारतिय रहेको र उनीहरू हुल बाँधेरै काम गर्ने र बजार क्षेत्रमा पनि खुल्लेआम हिंडिरहेको स्थानीयबाट गुनासो आइरहेको बताए । मेयर मिश्रले भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसके पनि भट्टा बन्द गर्ने काम हुन नसकेको बताए ।

काम गर्ने अधिकांश भारतिय नागरिक रहेको र उनीहरू नेपाल भारत गरिरहने हुनाले कोरोना जोखिम रहेको मेयर मिश्रले बताए । मेयर मिश्रले यस विषयमा गृह मन्त्रालयलाई समेत जानकारी गराएको बताए ।

भक्तपुरमा विदेशबाट फर्किएकाहरूबाट कोराना जोखिम भएको उनको भनाई छ । विदेशबाट आएकाहरू सेल्फ आइसोलेसनमा समेत नबसेको पाइएकाले भक्तपुर कोरोनाको उच्च जोखिममा रहेको उनले बताए । नगरपालिकाले हरेक वडामा एम्बुलेन्स तयारी अवस्थामा राखेको र कोरोनाको आशंका देखिए खरिपाटीस्थित क्वारेन्टाइनमा राखिने बताए ।

Skip This
Logo