सिनेजगत प्रदेश ३

के हाे प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिकबीचकाे विवाद ?

15 Shares

काठमाडाै‌ँ ।

पछिल्लो केही समयदेखि नेपाली सांगीतिक क्षेत्रमा स्थापित भईसकेका गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक कम्पनीबीच सिर्जना भएको आन्तरिक द्वन्द्वले सामाजिक संजालमा तहल्का मच्चाईरहेको छ । विन्ध्यवासिनी म्युजिक कम्पनीले आफूले उत्पादन गरेको गीतसंगीत गायक प्रमोद खरेलले विना अनुमति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा गाइरहेको आरोपसहित एक करोड क्षतिपूर्ति पनि दाबी गरी कम्पनी रजिस्टारको कार्यालयमा उजुरी दिएपछि उत्पन्न यस विवादले हाल संगीतकर्मीहरुलाई अन्यौलमा पारिदिएको छ ।

विन्ध्यवासिनी म्युजिक कम्पनीको उजुरीविरुद्ध प्रस्तोता समाज नेपालले विज्ञप्ति जारी गर्दै उजुरी परेको ‘प्रणय’ एल्बमको सबै अधिकार दोस्रो पक्ष (गायक प्रमोद) सँग रहेकाले कम्पनीले उजुरी गरेर गायक खरेलको अधिकार हनन् भएको भन्दै आपत्ति जनाएपछि विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीले सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए ।

उनले फेसबुक स्टाटसमार्फत गत ३ जनवरीमा धम्कीपूर्ण भाषा प्रयोग गर्दै लेखेका थिए, ‘प्रचलित कानुन र प्रतिलिपि अधिकार ऐनले निर्मातालाई गायकजत्तिको अधिकारधनी पनि भन्दैन भन्ने कुरा अदालतबाट प्रमाणित गराएर ल्याओ, विन्ध्यवासिनी म्युजिक नै तिमीहरूको नाममा पास गरेर दिन्छु ।’

रेग्मीको यस स्टाटस सार्वजनिक भएपछि गायक प्रमोद खरेललाई गालीगलौज गरेको भन्दै संगीतकर्मीहरुले म्युजिक कम्पनीका संचालक सुवास रेग्मीलाई कारबाही गर्न अनुरोध गर्दै ५७ जना संगीतकर्मी साथै गायकहरूले सामुहिक हस्ताक्षरसहित टेकु प्रहरी परिषदमा कारबाहीको निवेदन जारी गरेका छन् । आफ्नो सिर्जना नियम अनुसार फिर्ता माग्दा गायक प्रमोदलाई कम्पनी संचालकले अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ ।

संगीतकार लक्ष्मण शेष, गायक राजेश पायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य, इन्दिरा जोशी, संगीतका संगीतकार लक्ष्मण शेष, गायक राजेश पायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य लगायतले पत्रमा हस्ताक्षर गर्दै निवेदकले आफ्ना सिर्जना नियम अनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको गायक खरेलको आरोप साथै उनीहरुले नेपाली संगीत डिजिटल युगमा प्रवेश गरेसँगै आफैँले लगानी गरेर बजारमा ल्याएको गीत लगानीकर्ताको हुनुपर्ने माग पत्रमा जारी छ ।

आफूहरूले आफ्ना सिर्जनाहरू आफैँ प्रवर्धन गरि त्यसबाट आफैँ लाभान्वित हुने योजना बनाएको र विगतमा सिर्जना गरेका, आफैँद्वारा लगानी गरेका तथा आफैँमा प्रतिलिपि अधिकार रहेका सिर्जनालाई आफैँ फिर्ता लिने अभियान चलाएको अपिलमा बताइएको छ ।
५७ स्रष्टाको अपिलपछि सञ्चालक रेग्मीले गायक खरेललाई लक्षित गर्दै सामाजिक सञ्जालमा फेरि स्टाटस लेखेका छन्, ‘प्रमोद खरेललाई अन्याय भएको भए अदालतमा मुद्दा हाल्न सुझाब दिम्, जग नहँसाम ।’

रेग्मीको सामाजिक संजालमा बर्सिएको लगातारको स्टाटसपछि गायक खरेलले पनि शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टिकरण राखेका छन् । कानुन अनुसार नै एल्बमको सबै प्रतिलिपि अधिकार आफूसँग रहेकाले रेग्मीको दाबी कानुनविपरीत रहेको भन्दै उनी लेख्छन्,

आदरणीय अग्रज, प्रिय साथीहरु, शुभचिन्तक, दाजुभाइ दिदी बहिनीहरु ! विगत केहि महिनाबाट सामाजिक सन्जालमा एक म्यूजिक सन्चालकको एकाउन्टबाट मेरो बारेमा आएका स्टाटस र अन्टसन्ट टिकाटिप्पणीबारे गम्भीर ध्यानाकर्षण भएको छ। फेसबुकमा यी कुरा हरु लेख्न पटक्कै मन थिएन तर बाध्य भएर लेख्दैछु।

१. मेरो सांगितीक यात्रामा आदरणीय अग्रज, शुभचिन्तक, साथीभाइ , संगीत उद्यमी, आदरणीय स्रस्टा ( आधुनिक, लोक , पप , रक तथा चलचित्र ) हरुको तथा संचारकर्मी र पत्रकार साथीभाइहरुको साथ र माया छ । र सम्पूर्ण उहा‘हरु प्रति मेरो उत्ति नै सम्मान रहेको छ ।
२. मेरो सांगितीक यात्रामा मेरो मिहनेत साधनासँगै तमाम आदरणीय श्रोता तथा शुभचिन्तक को साथ आशिर्वाद र माया को उत्तिकै महत्वपूर्ण योगदान छ ।
३. रेकरडिंग यात्रा शुरु गरेको १० बर्ष पछि २ गीतिसंग्रह र झण्डै ५० चलचित्र गायन पछिमेरो तेस्रो गीति संग्रह प्रणय २०६७ सालमा प्रकाशन भयो , जसमा समावेश म बिना कसैकसैलाई ( गीतकार ( शीतल गिरि संगीतकार (महेश खडका, याद गर्न पनि ( गीतकार (राजेन्द्र थापा संगीतकार (महेश खड़का) लगायतका हजुरहरुले मन पराउनु भएका सृजना समावेश छन्।

४. यो गीतिसंग्रह मैले सम्बन्धित गीतकार र संगीतकार ज्यूहरुको स्वीकृति मा निर्माण गरेको थिएँ। जसलाई मैले पहिले सहकार्य गरेको धौलागीरी क्यासेटबाट प्रकाशन हुनै लाग्दा आदरणीय महेश खडका दाइ लगायत केहि साथीहरुको सल्लाह र सुझावलाई मध्य नजर गर्दै मैले बिन्ध्यबासिनी म्यूजिकलाई एल्बम प्रकाशन तथा बिक्री वितरणका निम्ती ५ बर्षको लिखित सम्झौता गरि दिएको हुँ। त्यस क्रममा मैले रु ११०००० लिएको हुँ, पहिलो भिडियोको लागि लाग्ने मध्ये रु १ लाख कम्पनीले दिने गरी सम्झौता गरेको हुँ । र कम्पनीले २ लाख बराबरको प्रमोशन गरिंदिने सम्झौता गरेको हु । दिएको प्रमोशन को २ लाख समेत जोडेर आउने रु ४१०००० कम्पनीले मैले पाउने रोयल्टीरआम्दानी बाट असुल गरेर कम्पनी सुरक्षित भएपछि मात्र म आम्दानीको हिस्सेदार बन्ने सहमति भएको हो । अर्थात् कम्पनीले आफूले गरेको खर्च उठाइसक्ने त्यो पनि मेरो आम्दानीबाट। तसर्थ एल्बम को निर्माता म हुँ कम्पनी हैन।

बाँकी खर्च , विमोचन खर्च लगायत मैले गरेको हुँ। कम्पनीले बनाउने भनिएको दोस्रो भिडियो ( याद गर्न पनि) नबनाएपछि पछि म स्वयमले बनाएर उल्टै कम्पनी लाइ नै बुझाएको हुँ । करारमा एल्वमको सम्पूर्ण अधिकार म मा निहित रहेको कुरा कम्पनी ले नै सहीछाप गरेको करार मा स्पस्ट उल्लेख छ । र करार अवधी ५ बर्ष को मात्र छ।

५. वार्ता संवाद छलफल बाट कस्ता कस्ता जटिल समस्याहरु पनि सुल्झिन्छन तर करार अनुसार सम्झौता समय सकिए पछि मैले बिभिन्न चरणमा गरेर एल्वम फिर्ता माग्दा कम्पनी का संचालक सुवास रेग्मी ज्यू बाट संवादका ढोकाहरु एकतर्फी बन्द गर्दै फेसबुक स्टाटस मार्फत मलाइ अत्यन्त अशोभनीय, तल्लो स्तरका मानहानि हुने शव्दहरु प्रयोग गरी गाली गलौच, दुर्व्यवहारपूर्ण व्यवहार भैरहेको छ। म मात्र हैन समग्र संगीत क्षेत्रलाई नै बदनाम र अपमान हुने शव्दहरु फेसबुक मा लेख्ने कार्य भैआएको छ । अहिले सम्म एउटा पनि विवादमा नमुछिएको मलाइ उहाँका स्टाटसले मानसिकरुपमै कमजोर बनाउने प्रयास भयो। घरायसी स्वास्थ्य अवस्था बाट पार पाउन खोज्दै गर्दा भएको यो फेसबुक आक्रमण ले म अत्यन्त दुखित र पीडित भएको छु ।

६. अहिले सम्म कम्पनी ले मलाइ कुनै हिसाब किताब बुझाएको पनि छैन। मैले लिखित रुपमै मागेपछि कार्यालय मा बोलाएको थियो ।तर फेसबुकमा अपमानजनक आपत्ति जनक अभिव्यक्ति दिदै गरेपछि उक्त कार्यालय जान वातावरण नै बनेन र मैले इमेल मार्फत हिसाब मा‘गे । तर मेरो इमेल नै सार्वजनिक गर्दै धज्जी उडाउदै स्टाटस आइरहे।

७. यसै बीच एल्बम मागेकै कारण उहाँले हुदै नभएको कानून मा टेकेर मैले मेरा गीत स्टेजमा गायो भन्दै १ करोडको क्षतिपूर्तिसहित उजुरी हालेर समाचार बनाउदै मलाइ हतोत्साहित बनाउने प्रयास गर्नु भयो । जुन समग्र नेपाली गायक गायीका कै घोर अपमान को विषय हो ।
ड. यसै क्रममा प्रस्तोताको अग्रणी संस्था प्रस्तोता समाज नेपालको सुझाव , अग्रज अनुज र सहकर्मी साथीहरुको साथ र उपस्थितिसँगै मैले निज सुवास रेग्मी विरुद्ध मानहानि तथा मेरो ( एक सृस्टार निर्मातार प्रस्तोता को) अधिकार हनन करार उल्लंघन र प्रतिलिपि अधिकार उल्लंघन विरुद्द न्यालय समक्ष छुट्टा छुट्टै उजुरी दिएको छु दिदै छु । आशा छ सम्वन्धित निकायबाट न्यायोचित निर्णय हुनेछ । न्यानो साथ र समर्थनका लागि सवैलाई सादर धन्यवाद ।

प्रकाशित: २४ पुस २०७७ १३:०६ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी