सिनेजगत प्रदेश ३

२० वर्षपछि अभिनेत्री हिसिला राजामती बन्दै (भिडियोसहित)

15 Shares

काठमाडौं ।

चलचित्र राजामतीलाई नेपाल भाषाको सिनेमा जगतमा इतिहासको रुपमा लिईन्छ । यहि एक चलचित्रबाट अभिनेत्री हिसिलाको पहिचान हालसम्म पनि राजामती नै रहन गएको छ ।

नेवारी इतिहासमा आफ्नो छुटटै पहिचान बनाउन सफल राजामती चलचित्रको राजामति पात्रमा बिस वर्षपछि हिसिला फेरि राजामतीको भूमिकामा देखिने भएकी छिन् । द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गीको निर्माणमा बन्ने चलचित्रमा उनी फेरि राजामति बन्न लागेकी हुन् ।

चलचित्रको हाल छायाँकन चलिरहेको छ । तर हालसम्म चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । छायाँकन चलिरहँदा अभिनेत्री हिसिलाले राजामति चलचित्रका नायक अर्थात उनका सहकर्मी स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झिएको बताएकी छिन् । हेर्नुहोस् भिडियो :

प्रकाशित: ७ माघ २०७७ १९:०४ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी