महिलाले मात्र शिक्षण गरेको विद्यालय उत्कृष्टदेखि कोरोना भाइरसबाट २१३ जनाकाे मृत्युसम्म (भिडियोसहित)

महिलाले मात्र शिक्षण गरेको विद्यालय उत्कृष्टदेखि कोरोना भाइरसबाट २१३ जनाकाे मृत्युसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये छाउगोठ परम्पराका कारण महिलाहरुले अनाहकमा ज्यान गुमाउन परिरहेको भन्दै सरकारले धमाधम छाउगोठ भत्काइरहेका छन् । छाउगोठ भत्काएपनि स्थानीयमा छाउको डर भने कायमै छन् । जसले गर्दा उनीहरु अझै पनि महिनावारी भएको बेला घर पस्न सकेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि यो विषयले प्रवेश पायो । बैठकमा बोल्दै सांसद गजेन्द्र नारायण महतले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउदै हिडेको आरोप पनि लगाए । उनले घरमा मान्छेको मृत्यु भयो भन्दैमा घर नै भत्काउनु गलत भएको टिप्पणी पनि गरे । उनको भनाइ सुनेर बैठकमा सांसदहरुबीच हेराहेर मात्रै भएन हाँसो समेत छायो ।
नेपालमा एकजना कार्यालय सहायकको आम्दानी कति होला ? मासिक तलव, ओभरटाइम र सेवासुविधासहित जोड्दा समेत उनको आम्दानी लाख नपुग्ला । तर, एक जना कार्यालय सहायकले १० करोड आम्दानी गर्याे भन्दा तपाईलाई कस्तो लाग्छ ? कसरी गरे त कार्यालय सहायकले करोडौं आम्दानी ?
कोरोना भाइरस यतिबेला विश्वभर टाउको दुखाइको विषय बनेको छ । चीनबाट फैलिएको यो भाइरसले अहिलेसम्म २१३ जनाको ज्यान लिइसकेको छ । भाइरसको संक्रमण तिव्ररुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

Skip This
Logo