राष्ट्र बैंकले आज तीन अर्ब ८५ करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले आज तीन अर्ब ८५ करोडको ट्रेजरी बिल बिक्री गर्दै


काठमाडौं,

नेपाल राष्ट्र बैंकले तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार दुई अर्बका ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।

आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै एक अर्ब ८५ करोड बराबरको ट्रेजरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

Logo