महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा


सरकारी वकिलको कार्यालयले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका महरालाई सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको हो । महरालाई पनि अदालतमा उपस्थित गराइएको छ।

महराबिरुद्द मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा दायर भएको हो । जसमा १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय माग गर्न सकिने ब्यबस्था छ । सोहि प्रावधान अनुसार महरा विरुद्ध करणी प्रयास गरेको आरोपमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेकाले थप अढाई वर्ष गरी साढे ७ वर्ष कदै सजाय मागदाबी सहित मुद्दा दर्ता भएको हो। अब अदालतमा थुनछेक बहसपछि महरालाई थुना मै राख्ने वा रिहा गर्ने आदेश हुने छ ।

गत असोज १९ गते पक्राउ परेका महरालाई प्रहरीले ३ पटक म्याद थपेर अनुसन्धान गरेको थियो । उनलाई संसद सचिवालयमै कार्यारत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

Skip This
Logo