सिपिएल टि २० मा सन्दीपलाई बार्बाडोसले ७० हजार डलरमा किन्यो

सिपिएल टि २० मा सन्दीपलाई बार्बाडोसले ७० हजार डलरमा किन्यो


काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने ७० हजार डलरमा किनिएका छन् । उनी बार्बाडोस ट्रिडेन्टसबाट खेल्ने भएका छन् ।

प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर (अर्थात् ७७ लाख ७० हजार नेपाली रूपैयाँ) मा किनेको हो।

अघिल्लो सिजनमा ५ हजार डलरमा विक्री भएका सन्दीप यो पटक भने निकै महँगैमा बिक्री भएका हुन् । सिपिएल टि-२० को अघिल्लो सिजनमा सन्दीप सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सबाट खेलेका थिए।

सिपिएल ड्राफ्टअन्तर्ग सन्दीप पाँचौं चरणमा चुनिएका हुन् । आगामी अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग आयोजना हुँदैछ।

Logo