चलचित्र ‘एक्टरः टेक वन’को टिजर युट्युबको ट्रेन्डिङ नम्बर २ मा

चलचित्र ‘एक्टरः टेक वन’को टिजर युट्युबको ट्रेन्डिङ नम्बर २ मा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । चलचित्र ‘एक्टरः टेक वन’ को टिजर सार्वजनिक भएसँगै नेपाली सिनेप्रेमीहरूबीच निकै चासोको विषय बनेको छ ।

आगामी कार्तिक १५ गते (लक्ष्मी पूजा) का दिन रिलिज हुने यो चलचित्रको टिजर युट्युबका लागि नेपाल ट्रेन्डिङको नम्बर २ स्थानमा पुगेको छ ।

टिजरले छोटो समयमा नै व्यापक लोकप्रियता कमाएको हो । यो ट्रेन्डिङले यस चलचित्रप्रति दर्शकको अपेक्षा र उत्सुकता बढ्दै गएको स्पष्ट भएको छ । १ मिनेट २० सेकेन्ड लामो टिजरमा प्रदीप खड्का, आना शर्मा र नवप्रवेशी दिव्या रायमाझीका रोमान्टिक दृश्यहरूलाई प्रस्तुत गरिएको छ । चलचित्रमा तनावपूर्ण सम्बन्धहरूको चित्रणले थप रहस्य कायम गरेको छ । राजबल्लभको संवादले चलचित्रको कथा कस्तो हुन सक्छ भन्ने जिज्ञासा दर्शकमाझ बढाएको छ ।

यो चलचित्रको टिजरमा प्रदीप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको छ । राजबल्लभ कोइरालाले स्टाइलिस लुक्समा इन्ट्री लिएको यो चलचित्रमा उनी १० वर्षपछि पुनः ठूलो पर्दामा फर्किएका छन् ।

दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छिन् । उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।

यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदीप, आना, दिव्या र राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमनकुमार भण्डारी र सहनिर्माता अनिश भुसाल रहेका छन् ।

चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्टप्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् ।

यस चलचित्रमा रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको छ । चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ । द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

Logo