जब सहसचिवले खानेपानी मन्त्री र सचिव माथी घुस्याहाको आरोप लगाए ( भिडियो सहित )

जब सहसचिवले खानेपानी मन्त्री र सचिव माथी घुस्याहाको आरोप लगाए ( भिडियो सहित )


नेपाल सरकारका एक जना सहसचिवले ‘मन्त्री र सचिवले जिम्मेवारी नदिएका कारण आफूले कुनै काम गर्न नपाएको’ आरोप लगाएका छन् ।

खानेपानी मन्त्रालयका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरमाथि ‘घुस्याहा’ को आरोप लगाएका हुन् । उनले मन्त्री र सचिवले जिम्मेवारी नदिएका कारण आफूले कुनै काम गर्न नपाएको उल्लेख गर्दै कार्य सम्पादन मूल्यांकन फारम पेश गरेका छन् ।

सहसचिव पाण्डेले घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको कुरा कार्यसम्पादन मूल्यांकन फाराममा उल्लेख गरी सचिवलाई पेस गरेका हुन् ।

राजपत्रांकित निजामती कर्मचारीहरूले पेस गर्नुपर्ने प्रथम अर्ध वार्षिक कार्य सम्पादन मूल्यांकन फारमको विवरणमा सहसचिव पाण्डेले लेखेका छन्, ‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको ।’ हेरौं यो भिडियोमा :

Logo