मंसिर ७ गते शुक्रबार फिल्म ‘ड्रिम गर्ल’ मात्र प्रर्दशनमा आएको छ । हरेक साता दुुई तीनवटा फिल्म एकैसाथ सिनेमा हलमा प्रर्दशन हुन्थ्यो भने यो साता एकल फिल्म ‘ड्रिम गर्ल’ मात्र प्रर्दशनमा आएको हो ।
ऋषिराज आचार्यको निर्देशन रहेको फिल्म ‘ड्रिम गर्ल’ आजबाट देशभर प्रर्दशन भएको छ । यो फिल्ममा आकाश श्रेष्ठ र आश्मा गिरीको मुख्य भूमिका रहेको छ । आश्माले यहि फिल्मबाट डेब्यू गरेकी छिन् । यो फिल्मलाई राहुल राई र रामेश्वर हुमागाईले खिचेका हुन् ।
अर्जुन शर्मा, रिसि राज आचार्य र रामेश्वर धितालको संयुक्त निर्माणमा यो चलचित्र तयार भएको छ । आकाश श्रेष्ठ र आश्मा गिरीको साथै वल्सिन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मल शर्मा, सुरविर पण्डित, शिशिर भण्डारी, तल्सी श्रेष्ठ, रुपा सुवेदी लगायतका कलाकारहरुले पनि ड्रिम गर्लमा अभिनय गरेका छन् ।
यो फिल्मलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।
प्रकाशित: ७ मंसिर २०७५ १०:०५ शुक्रबार