1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

चंगा चेटको पोस्टर सार्वजनिक, १६ बाट देशभर प्रदर्शनमा आउँदै

1
1
1
1
1
1
1
1

काठमाडौं । कार्तिक १६ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगा चेट’ को पोस्टर सार्वजनिक भएको छ । दिपेन्द्र के खनालको निर्देशन रहेको यस चलचित्रले सेन्सर पास गरेसँगै पोस्टर सार्वजनिक गरेको हो ।

यस चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज श्रेष्ठ जोशी, सन्दिप क्षेत्री, परमिता आर एल राना, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रले पिजी सर्टिफिकेट पाएर सेन्सर पास गरेको छ ।

कमेडी जनरामा निर्माण गरिएको यस चलचित्र हेर्नको लागि १६ वर्ष मुनिका बालबालिकाहरुले अभिभावकको निगरानीमा रहनुपर्ने बताइएको छ । यस चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् भने निरक कँडेलले छायांकन गरेका हुन् । यसै चलचित्रमा समावेश ‘गोजीमा दाम छ्रैन्’ बोलको गीतले निकै चर्चा बटुलेसँगै यसको पोष्टरमा पनि गोजीमा दाम नभएको देखाइएको छ ।

 

प्रकाशित: ९ कात्तिक २०७५ १३:३६ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी