बहुगुणकारी छ कागती, नियमित सेवन गर्ने गरौं

बहुगुणकारी छ कागती, नियमित सेवन गर्ने गरौं


हामीले नियमित रुपमा कागतीको सेवन गरिरहेका हुन्छौ तर कागतीको गुणको वारेमा धेरै कम ब्यक्तिहरुलाई मात्र जानकारी हुन सक्छ । आज हामीले कागतीका बिभिन्न फाइदाहरको वारेमा चर्चा गर्ने छौं ।

धेरै ब्यक्तिहरुले बिहान उठ्ने बित्तिकै कागती पानी खानुपर्छ यसले धेरै फाइदा गर्छ भन्ने मान्यता रहेको छ । तर बिहान कागती पानी खादाँ के के फाइदा हुन्छ र कसरी खादाँ बढी फाइदा हुन्छ भन्ने बिषयमा भने कमै जानकार हुन्छौ होला । बिहानको समयमा तातो पानीमा कागतीको रस हालेर पिउदाँ धेरै किसिमको फाइदा गर्ने गर्छ । मनतातो पानीमा कागती हालेर नियमित रुपमा खादाँ तौल घटाउन निकै मद्धत गर्छ भने यस्तो पानीको सेवनले रोग प्रतिरोधात्मक क्षमताको पनि बृद्धि गर्छ । यस्तो किसिमको पानीको सेवनले हाम्रो शरीरलाई चाहिने धेरै किसिमका भिटामिन, क्याल्सियम र जिंकका मात्रामा सन्तुलन समेत ल्याउने गर्छ । कोही कोही ब्यक्तिलाई कागतीको एलर्जि पनि हुने गर्छ । यस्तो अवस्था छ भने चिकित्सकको परामर्श गरेर मात्र सेवन गर्ने गर्नुपर्छ ।

तत्काल शक्ति पैदा गर्छ:

बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागती र मह हालेर पिउने गर्नाले दिनभर शरीरलाई फुर्तिलो बनाइरहन्छ । यस्तो पानीको सेवनले हाम्रो शरीरको मेटाबोलिजमलाई ठिक अवस्थामा राखेर हाम्रो शरीरलाई थकित हुन दिदैंन भने दिनभर जसो शरीरलाई फुर्ति प्रदान गरिरहन्छ ।

पेट सफा गर्छ:

दैनिक रुपमा मनतातो पानीमा कागती र मह मिलाएर पिउनाले पाचनक्रिया राम्रो हुन्छ । महमा एन्टिसेप्टिक गुण भएको कारण पेटलाई सफा राख्न मद्धत गर्छ र खाएको खानालाई राम्ररी पचाउन मद्धत पनि गर्छ ।

पेटको बोसोमा कमी:

बिहान नियमित रुपमा मनतातो पानीमा कागती र मह हालेर खाने गरेमा पेटमा लागेको बोसो पनि घट्दै जान्छ भने अस्वभाविक रुपमा बढेको तौललाई समेत कम गर्छ । नियमित रुपमा यस्तो पानी खानाले खाने ब्यक्तिलाई कमै भोक समेत लाग्ने गर्छ ।

किड्नीमा पथ्थरी हुदैंन:

कागतीमा पोटासियमको मात्रा रहेको हुन्छ । यसले किड्नीमा पथ्थरी हुनवाट रोक्ने काम गर्छ । कागतीमा साइट्रसको मात्रा बढी हुने हुनाले यसले पथ्थरी हुन दिदैन । त्यसैले बिहान मनतातो पानीमा कागतीको रस र मह मिसाएर पिउने गर्नुपर्छ ।

रुघा खोकी लाग्दैन:

रुघा र खोकीको संक्रमण जिवाणुहरुको संक्रमणले हुनेगर्छ । यदी नियमित रुपमा मनतातो पानीमा कागतीको पानी मिसाएर खाने गरेमा रुघा खोकीवाट आराम मिल्छ । कागतीको रसमा लिम्फेटक प्रकृयालाई बढाउने गुण रहेको कारण यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।

श्वासको दुर्गन्ध हटाउन:

कागतीको रसले श्वासमा रहेको दुर्गन्धलाई हटाउने काम पनि गर्छ । यसको सेवनले मुख भित्र गन्हाउने पदार्थ उत्पादन गर्ने ब्याक्टेरियालाई नष्ट पनि गर्छ । यदी तपाईलाई पनि श्वास गन्हाउने समस्या रहेको छ भने मनतातो पानीमा कागती हालेर नियमित रुपमा पिउने बानी बसाल्नुपर्छ ।

Logo