एकै पटक ८ विमान खरिद गर्दै सरकार (भिडियोमा)

एकै पटक ८ विमान खरिद गर्दै सरकार (भिडियोमा)


नेपाल वायुसेवा निगमले आगामी अठार महिना भित्र ६ वटा ट्वीनअटर र २ वटा वाईड बडी विमान खरिद गर्ने जनाएको छ ।

निगमले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ वटा विमान खरिद गर्ने योजनाबारे जानकारी गराएको हो । निगमको कूल आयलाई बढाउँदै लैजाने मूल उद्देश्यका साथ विमान खरिदको कामलाई पहिलो प्राथमिकतामा राखिएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । निगमले नयाँ विमान थप्ने कामसँगै सबै पुराना विमानहरु पनि १८ महिना भित्र प्रतिस्थापन गर्ने योजना अघि सारेको छ । त्यसैगरी निगमले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । त्यसका लागि इन्जिनियरिङ र संचालनतर्फ एक÷एक जना विदेशी विज्ञलाई करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको पनि प्रबन्ध निर्देशक कंसाकारले बताए ।

निगमले हवाई सुरक्षाका लागि मर्मत, संहार तथा संचालनको जिम्मा निर्माता कम्पनीलाई नै दिने गरी आन्तरिक छलफललाई पनि अघि बढाएको छ । निगमका प्रबन्ध निर्देशक कंसाकारले हवाई सुरक्षा क्षमतालाई अन्तराष्ट्रिय स्तरको बनाउने गरी काम सुरु गरिएको बताएका छन् ।

निगमले आफ्नो क्षमता विकासका लागि आवश्यक कदम चालिएको पनि दावी गरेको छ ।

 

Logo