शुक्रबार माघ ४ गते सिनेमा हलमा एकल चलचित्र मात्र प्रदर्शनमा आएको छ । आज फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘गरुड पुराण’ प्रदर्शन आएको हो ।
सुभाष कोइराला निर्देशित यस चलचित्रमा नाजिर हुसेन, प्रियंका सिंह, कर्मा शाक्य, कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् । अजित प्रजापति र असोक गौतमले निर्माण गरेको यस चलचित्रमा पैविण खतिवडा, प्रकाश घिमिरे, कमल प्यासी देवकोटा, सरोज श्रेष्ठ, सागर ढकाल, गणेश बस्याल लगायतको पनि अभिनय रहेको छ ।
चलचित्रमा कसम नेपालको कथा, अशोक बस्यालको संवाद र उज्जवल ढकालको सम्पदान रहेको छ ।
प्रकाशित: ४ माघ २०७५ १२:०२ शुक्रबार