काठमाडौँ
नेपाली भूमिमा आगामी असोज देखि पुनः रेल कुद्ने भएको छ । चार वर्ष अघि सम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ । "/>

नेपाली भूमिमा असोज देखि पुनः रेल गुड्ने

नेपाली भूमिमा असोज देखि पुनः रेल गुड्ने


काठमाडौँ
नेपाली भूमिमा आगामी असोज देखि पुनः रेल कुद्ने भएको छ । चार वर्ष अघि सम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ । न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ । यसलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ ।

भारत सरकारको सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुर सम्मको ५२ किमिखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ । यस खण्डमा आगामी असोज सम्ममा रेलमार्ग निर्माण सकिने र भारतले नै रेल कुदाउने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । उनका अनुसार भारतले बर्दिवास देखि विजलापुर सम्मको जम्मा ७० किमि दूरीमा रेलमार्ग बनाउँदै छ । यसमध्ये २०७५ को असोज सम्ममा ३५ किमि पूर्ण रूपमा तयार हुनेछ । बाँकी ३५ किमिका लागि भने नेपाली भूमितर्फ जग्गा अधिग्रहणकै काम बाँकी छ ।

यो खण्ड तयार हुन समय लाग्ने भएकाले असोज सम्ममा रेल दौडाउन मिल्ने गरी तयार हुने ३५ किमि रेलमार्ग रेल कुदाँउने गरी आवश्यक प्रक्रिया अगाडि बढिरहेको रेल विभागले जानकारी दिएको छ । भारतले निर्माण गरिरहेको ७० किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा र ६७ किमि नेपाली भूमिमा पर्छ । ‘हामीसँग रेल नभएको र तत्काल रेल खरिद गरेर सञ्चालन गर्ने कुनै तयारी नभएकाले भारतीय पक्षबाटै सञ्चालनको निम्ति अनुरोध गर्ने भएका छौं’, उपाध्यायले भने ।

नेपालले भाडामा लिने वा भारतीय रेललाई नै नेपाल सम्म कुँदाउने भन्ने विषयमा नयाँ मन्त्री आएपछि औपचारिक निर्णय हुने जानकारी पनि उनले दिए । तयारी मार्गमा रेल भने पक्कै दौडने दाबी उपाध्यायको छ । नेपाल सरकारले चालू आव २०७४/०७५ मा रेलमार्ग बनाउन विनियोजन गरेको चार अर्ब रुपैयाँ विनियोजन गरेकामा यस रकमको पहिलो प्राथमिकता पूर्वपश्चिम रेलमार्ग अन्तर्गतको पूर्वी खण्डको ३० किलोमिटर रेलमार्गमा परेको छ । यस रकम मध्ये विभागले हाल एक अर्ब रुपैयाँ खर्चिसकेको छ । यस्तो रकमबाट भारतले निर्माण गरिरहकेको सिमानासँग जोड्ने गरी महोत्तरीको बर्दिवास देखि लालबन्दी सम्मको २५ किलोमिटर रेलमार्ग निर्माण ८० प्रतिशत सकिएको छ ।
अन्नपूर्णबाट

Logo