नेपालकै बेइजत गरेको भन्दै नाङ्गा बाबाहरुमाथि आक्रमण (हेर्नुहोस् भिडियो)

नेपालकै बेइजत गरेको भन्दै नाङ्गा बाबाहरुमाथि आक्रमण (हेर्नुहोस् भिडियो)


काठमाडौं । नांगै हिडेर नेपालको बेइजत गरेको भन्दै राजधानीको गौशालामा युवाहरुले नांगा बाबाहरुमाथि आक्रमण गरेका छन् । आक्रमणमा परि २ जना बाबा घाइते भएका छन् । 

सडक किनारमा घाम तापेर बसिरहेका युवाहरुले नागा बाबाहरुलाई देख्ने बित्तिकै समाजको भावना विपरीत नाङगै हिडेको भन्दै आक्रमण गरेका हुन् । घटनाको बिषयमा गौशाला प्रहरीले आफुलाई कुनै जानकारी नभएको बताएको छ । युवाहरुको आक्रमण पछि अन्य बाबाहरुको भागदौड भएको थियो ।

महाशिवरात्री पर्वका लागि बर्षेनी भारतबाट नाङ्गा बाबाहरु नेपाल आउने गर्छन । 

Skip This
Logo