पाण्डेमाथि प्रचण्ड हावी, १७ सय मतले अगाडि

पाण्डेमाथि प्रचण्ड हावी, १७ सय मतले अगाडि


केन्द्रबिन्दु सम्बाददाता  

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ । 

आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गरेका छन् । उनको प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गरेका छन् । पाण्डे भन्दा दाहालले एक हजार ७५० मत बढी ल्याएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो । 

यसैगरी क्षेत्र नं २ मा ६ हजार ३८८ मतगणना गर्दा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले तीन हजार ९९३ र नेकाका शेषनाथ अधिकारीले एक हजार ९३५ मत प्राप्त गरेका छन्  । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकोमा ७७ हजार ४७६ मत खसेको थियो । 

क्षेत्र नं १ मा सात हजार ७७४ मतगणना हुँदा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले चार हजार ५३९ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ८९४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो । 

जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ५४ हजार ३६ रहेको छ ।

Logo