बढ्दै छ केटाको खडेरी, केटीहरुलाई चिन्ताको विषय (भिडियो)

बढ्दै छ केटाको खडेरी, केटीहरुलाई चिन्ताको विषय (भिडियो)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० मंसिर ।

जनसंख्याको घडी अनुसार अहिले विश्वको जनसंख्या ७ अर्ब ५८ करोड नाघिसकेको छ । जनसंख्या घडीका अनुसार सन् २०२५ सम्ममा यो संख्या ८ अर्ब नाध्ने अनुमान गरिएको छ ।

यो धर्तिमा रहेको यत्तिको जनसंख्यामा महिला र पुरुषको संख्या कत्तिको छ भन्दा सोही जनसंख्या घडीले प्रत्येक १ सय ७ जना पुरुषलाई १ सय जना महिलामात्र रहेको देखाउछ । महिला भ्रुण हत्या र मातृ मृत्युदर बढी भएको कारणले विश्वमा महिलाको जनसंख्या केही कम भएको अनुमान गरेपनि केही मुलुक र शहरहरुमा भने विवाह गर्न पुरुषहरुको साँच्चिकै खडेरी परेको अवस्था छ ।

यसरी पुरुष नपाएर अविवाहित हुने युवतीको संख्या छिटफुट रुपमा नभएर सैयौंको संख्यामा रहेका शहरहरुको हामी चर्चा गर्ने छौं ।

चर्चाको शुरुवात गरौं ब्राजिलको नोइभा डो कोर्डेरोवाटै । ब्राजिलको रियो डि जेनेरियोवाट करिव ५ सय किलोमिटर उत्तरमा रहेको यो ग्रामिण इलाकामा ६ सयको हाराहारीमा रहेका युवतीहरु अविवाहित रहेका छन् । उनीहरुले विवाह गर्न नचाहेर आफुलाई अविवाहित राखेका होईनन् । विवाह गर्नलाई पुरुष नपाएर अविवाहित भएर बस्नु परेको हो । नोइभामा युवतीहरुको समस्या सामूहिक रुपमा एउटै रहेको छ । हामीले विवाह गर्ने केटा कहाँ पाउने ?

यहाँ रहेका अधिकांश महिला ३५ बर्ष मुनिका रहेका छन् । एक युवती निल्मा फर्नाण्डिज् भन्छिन्– यहाँ रहेका सबै पुरुष विवाहित मात्र रहेका छन् । अविवाहित फेलै पर्दैनन् । जसको कारण मैले कुनै पुरुषलाई किस गर्न पाएको छैन । हामीले विवाह भएको दृष्य केवल सपनामा मात्र देख्ने गरेका छौं ।

पोर्चुगिज् भाषा बोल्ने यहाँका बासिन्दाहरु मध्ये सबै अविवाहित युवतीहरु खेतीपातीमा लागेका छन् । उनीहरुले आफ्नो विवाह नहुदाँ भोगेको शारीरिक र मानसिक कुण्ठालाई उजागर गर्दै उनीहरुले अन्तराष्ट्रिय रुपमा आफुहरुसंग विवाह गर्न अपिल गरेका थिए ।

ब्राजिलको नोइभा डोमा पुरुष नपाएर युवतीहरु कन्या भएर बस्नु पर्छ भने बुल्गेरियाको रोमा समुदायमा भने वरको कमि भएकै कारण वर खोज्ने फरक तरिका रहेको छ । पुरुषको तुलनामा धेरै महिलाहरु भएको कारण यहाँ बर्षौ देखि सुल्झाईएको उपाय अहिले परम्पराको रुपमा विकास भएको छ ।

कुनै पनि युवतीको पहिलो मासिक धर्म सुरु भएपछि उनलाई विवाहको योग्य मान्छन् । १८ हजार जनसंख्या रहेको यो जातिमा वर खोज्न आफ्नो छोरीलाई सजाँएर दुलही बजारमा लगिन्छ ।

उक्त दुलही बजारमा बधु छान्न पनि पुरुषहरु आउने गर्छन् । यसरी कुनै पुरुषले आफ्नो कन्यालाई मन पाराए भने त्यो भाग्य नै भैहाल्यो । त्यसपछि कन्याको मोलमोलाई हुन थाल्छ ।

पूर्वि युरोपमा रहेको बुल्गेरियाको खस्कदो आर्थिक अवस्थाको कारण एक कन्याको मुल्य न्यूनतम २५ हजार रुपैंयावाट शुरु हुन्छ र आपसि समझदारीमा पछि तय गरिन्छ । यदी बजारमा आफ्नो कन्यालाई कुनै पुरुषले मन पराएनन् भने अर्को पटक अझ राम्रो बनाएर ल्याउछन् । दुलही बिक्रि गर्ने यो मेला त्यहाँ बर्षको ४ पटक हुने गर्छ ।

अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी पर्ने दर विस्तारै बढ्दै गएको छ । यहाँको एक अनलाइन संचारमाध्यमले जनाए अनुसार त्यहाँ केटाहरुको संख्ष भन्दा केटीहरुको संख्या बढ्दै गएको छ । अस्ट्रेलियाको भिक्टोरिया सहरमा गरिएको सर्वेक्षण अनुसार अहिले १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । सयको आँकडामा हेर्दा यो अन्तर धेरै नभए पनि हजार र लाखको जनसंख्यामा तुलना गर्दा धेरै हजारको फरक समेत हो । अहिले भिक्टोरिया शहरमा मात्र पुरुषको तुलनामा महिलाहरुको संख्या ६० हजार बढी रहेको छ ।

पछिल्लो पटक गृहयुद्धको चपेटामा आएको सिरिया र मध्यपूर्वका केही मुलुकहरुका गाँउ र शहर पुरुष विहिन भएका छन् । सिरियामा रहेका युवाहरु कि त सरकारी सेनामा गए, कि बिद्रोही पक्षमा हतियार चलाउन गए । यि दुबै क्षेत्रमा नजाने युवाहरु सरकारी र बिद्रोही पक्षको निशानामा परे । जसको कारण अहिले सिरियामा पुरुषहरुको जनसंख्यामा ब्यापक कमी आएको छ ।

एक अनुमान अनुसार अहिले सिरियामा अविवाहित युवतीहरुको संख्या ७० प्रतिशतको हाराहारीमा पुगेको छ । महिलाहरुको संख्यामा देखिएको अत्याधिक संख्याका कारण उनीहरुले आफुले खोजेको जस्तो पुरुष पाउनै मुस्किल भएको छ । जसको कारण कतिपयले बहुविवाह गर्नु परेको छ भने कसैले आफु भन्दा निकै पाको पुरुषसंग घरजम गर्नुपर्ने अवस्था आएको छ ।

अन्तराष्ट्रिय पर्यवेक्षकहरुका अनुसार सिरियामा सर्वाधिक संख्यामा पुरुषहरुको मृत्यु भएको छ भने धेरै जसो युवाहरु जेलमा बन्दि जिवन विताइरहेका छन् । जसको कारण सिरियामा आगामी केही बर्षसम्म पुरुषहरुको ठुलो खडेरी पर्ने देखिएको छ ।

पुरुषको खडेरी केही मुलुकहरुमा हिंसा, भ्रुण हत्या वा विस्थापनको कारण देखिए पनि अन्यत्र भने पुरुषको तुलनामा महिलाको संख्या बढ्दै गएको कारण यो चिन्ता विस्तारै अन्यत्र मुलुकमा पनि देखिने सम्भावना प्रबल रहेको छ । (एजेन्सीको सहयोगमा)

Logo