काठमाडौं,४,मंशिर
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। "/>

तीन महिना साढे २ खर्ब रुपियाँ व्यापारघाटा

तीन महिना साढे २ खर्ब रुपियाँ व्यापारघाटा


काठमाडौं,४,मंशिर
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। हरेक वर्ष आयात निरन्तर बढे पनि निर्यात भने खुम्चिँदै गएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कुल वैदेशिक व्यापारमा निर्यातको योगदान ७ दशमलव ७४ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनमा मात्र व्यापारघाटा २ खर्ब ३४ अर्ब ७५ करोड रुपियाँ नाघेको छ। भन्सार विभागको तथ्यांक अनुसार पहिलो त्रैमासिकमा २ खर्ब ८० अर्ब ६६ करोड ४ लाख रुपियाँ बराबरको कुल वैदेशिक व्यापार गरेको मुलुकले २ खर्ब ३४ अर्ब रुपियाँ भन्दा बढी व्यापारघाटा व्यहोरेको छ।

उक्त अवधिमा कुल २ खर्ब ६० अर्ब २० करोड ५२ लाख ५७ हजार रुपियाँ बराबरको आयात गर्दा २० अर्ब ४५ करोड ५१ लाख ६३ हजार रुपियाँ बराबर मात्र वस्तु तथा सेवा निर्यात गरेको छ। जुन परिमाण गत वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ९५ प्रतिशत र निर्यातको तुलनामा ८ दशमलव २० प्रतिशतले बढी हो। विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ असोज मसान्त सम्ममा भएको कुल वैदेशिक व्यापारमा निर्यात भन्दा आयातको अनुपात १२ दशमलव ७२ प्रतिशतले बढी छ। कुल निर्यातको अनुपातमा आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले बढेको देखिन्छ। तीन महिनामा कुल वैदेशिक व्यापारमा ९२ दशमलव ७ प्रतिशत आयात र ७ दशमलव ३ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ। गत आर्थिक वर्ष सोही अवधिमा उक्त अनुपात क्रमशः ९२ दशमलव १ र ७ दशमलव ९ प्रतिशत रहेको थियो।
नेपाल समाचारपत्रबाट

Logo