केन्द्रबिन्दु संवाददाता । मोरङ, ३१ असोज ।
मोरङमा प्रहरीले ५० हजार रुपैयाँभन्दा बढीको आतसबाजी वस्तु (पटका) बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले तिहारमा पटकाउनका लागि ल्याइएका विभिन्न खाले पटका बरामद गरेको हो ।
बिहान ११ बजेतिर भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त पटका प्रहरीले बरामद गरेको हो । बरामद गरिएको पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तिहार आइरहहेको बेला आतसबाजीका लागि पटका भित्रिन सक्ने भन्दै प्रहरीले त्यसविरुद्ध कडाइ गरेको छ ।
प्रतिक्रिया