३० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट राजधानी बनाउने लक्ष्यसहित बिभिन्न आकर्षक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । "/>

काठमाडौँ महानगरको नीति: ई-ट्वाइलेटदेखि नि:शुल्क यातायातसम्म

काठमाडौँ महानगरको नीति: ई-ट्वाइलेटदेखि नि:शुल्क यातायातसम्म


३० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट राजधानी बनाउने लक्ष्यसहित बिभिन्न आकर्षक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम अन्तर्गत स्मार्ट योजनाहरु सार्वजनिक गरेका हुन् ।

यी योजनाहरुमा ई-ट्वाइलेटदेखि नि:शुल्क यातायातसम्म रहेका छन् ।

के के छन् स्मार्ट योजनाहरु ?

– सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउने
– जेष्ठ नागरिकलाई महानगरपालिकाबाट सञ्चालन र व्यवस्थापन भएका पार्कमा निशुल्क प्रवेश दिने
– महानगरभित्रका हरेक वडामा यो बर्ष भित्र एक एक वटा जेष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र सञ्चालन गरिने
– काठमाडौंका गरिव घर परिवारको पहिचान गरि परिचय पत्र दिने
– जेष्ठ नागरिक, अपाङगता भएका, पाँचबर्ष मुनिका बालबालिकालाई साझा बसमा निशूल्क र महानगरबाट सञ्चालन हुने अन्य यातायातमा पनि निशुल्क सेवा दिने
– भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङ बनाउने
– ५० वटा स्मार्ट र ५० वटा ई-ट्वाइलेट महानगरभित्र निर्माण गरिने
– सेवाग्राहीको उजुरी सुन्न मोबाइल एप प्रयोगमा ल्याउने
– मोनोरेल, मेट्रो रेल, ट्रयाम र सिटी केबलबारको प्रयोगको सम्भाब्यताको पनि अध्ययन
-साकइकल सञ्जाल विस्तार गर्न रिंगरोडको ग्रीन बेल्ट, पशुपतिदेखि टेकुसम्मको बाग्मती किनार र विष्णुमति किनारमा साकइल लेनको विकास गरिने
– स्मार्ट ट्याक्स पेयर कार्ड सिस्टम
– आगलागी नियन्त्रणका लागि प्रविधिसहितको इकाई स्थापना गर्ने
– धुँवाधुलो नियनत्रण गरेर ‘नो मास्क सिटी’का रुपमा बिकास गर्ने
– धरहरा, रानीपोखरी, काष्ठमण्डपको द्रुत गतिमा पुनर्निर्माण गर्ने
– प्रतिभावान खेलाडी तथा अन्तराष्ट्रिय प्रतियोगितामा विजय खेलाडीहरुलार्इ नगर यातायातमा नि:शुल्क यातायातको सुबिधा दिने

Logo