दार्चुला, १५ असार । महाकाली नगरपालिका– १ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ । महाकाली– १ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याई विजयी हुनुभएको छ । "/>

दार्चुला महाकाली नगरपालिका–१ मा काँग्रेस विजयी

दार्चुला महाकाली नगरपालिका–१ मा काँग्रेस विजयी


 

दार्चुला, १५ असार । महाकाली नगरपालिका– १ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ ।

महाकाली– १ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गर्नुभयो ।

महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी हुनुभयो ।

सो वडामा कुल एक हजार १८८ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगर प्रमुखमा काँग्रेसका हंशराज भट्टले ५८८ मत, नरसिंह चैंसिरले ५१४ तथा माओवादी केन्द्रका खड्कसिंह धामीले ५२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा काँग्रेसकी सुनिता बोहराले ५५८, एमालेकी दुर्गा धामीले ५१७ तथा माओवादी केन्द्रकी सुमित्रादेवी कुँवरले ७३ मत प्राप्त गरेका छन् । अहिले महकाली–२ को मतगणना भइरहेको छ । रासस

Logo