1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

फ्राइडे फिल्म: ‘कागजपत्र’ र ‘प्रेमलीला’

1
1
1
1
1
1
1
1

काठमाडौं । यो शुक्रबार चैत्र ८ गते दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म ‘कागजपत्र’ र ‘प्रेमलीला’ गरि दुईवटा फिल्म प्रदर्शनमा आएका हुन् । यी दुई फिल्मले एक आपसमा सिनेमा हल बाडेका छन् ।

कागजपत्र
अपिल बिष्टको निर्देशन तथा लेखनमा बनेको फिल्म ‘कागजपत्र’ आजबाट प्रर्दशनमा आएको छ । नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्ममा सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कागजपत्रले डिपेन्डेन्टमा अष्ट्रेलिया जाने युवा युवतीको कथालाई प्रस्तुत गरेको छ ।

प्रेमलीला
दीपशिखा खड्काको कथा, पटकथा र संवाद रहेको फिल्म प्रेमलीला लाई नानीमैया कार्की र फैजिल फिल्मसले संयुक्त निर्माण गरेका हुन् । यो फिल्ममा दीपशिखा खड्का, मौषम खड्का र अलि खानको मुख्य भूमिका रहेको छ ।

साथै फिल्ममा अन्य कलाकार प्रभाकर शर्मा, रेखा शाह, सुरज तमु लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रामजी लामिछाने र युवराज वाइबाको कोरियोग्राफी रहेको फिल्मलाई चन्दन दक्त र सालिक दुलालले सम्पादन गरेका छन् । यो फिल्म लभ स्टोरी जनारामा निर्माण गरिएको छ ।

प्रकाशित: ८ चैत २०७५ ११:४२ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी