1
0
Shares

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेदवारी

1
1
1

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षका लागि अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छन् । चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अध्यक्षका लागि वर्तमान महासचिब समेत रहेकी अभिनेत्री लामिछानेले उम्मेद्वारीको घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै सहयोग गर्न सबैमा अपिल गरेकी छन् ।

संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा विगत २ दशक देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी छन् ।

प्रकाशित: ८ चैत २०७५ १३:०५ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी