केन्द्रबिन्दु बुलेटिन : बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (भिडियोसहित)


हामीले हरेक दिन प्रमुख समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनको रुपमा प्रशारण गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरुलाई प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन् । देशमा महिला हिंसा र बलात्कारका घटना बढ्को भन्दै उनीहरूले चिन्ता व्यक्त गरका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि सरकारले नछोड्ने दावी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बुटवलमा आमसभाको आयोजना गर्यो । ‘लुम्बिनी प्रदेशस्तरीय बृहत् सभा’ लाई प्रधानमन्त्रीले ओलीसहितका शिर्ष नेताहरूले सम्बोधन गरे । बुटवलस्थित् सिद्देश्वरी मैदानमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकासवादी सिद्धान्त बोकेको आफू नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरूलाई निराश नहुन आग्रह पनि गरे ।

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई शनिबार पनि कायम राखेको छ । आजको खेलमा एपीएफले वालिङ नगरपालिकालाई सावित्रा भण्डारीको ५ गोलसहित ६–० गोल अन्तरले पराजित गरेको छ । यस्तै आजै भएको अर्को खेलमा चौदण्डीगढी विरुद्ध विराटनगरले २–१ गोल अन्तरको जीत निकालेको छ ।  

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्ने गरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आर्यालले किसानबाट उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य धेरै चुलिएको अवस्था हुने गरेको भन्दै, यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्नेमा जोड दिइन् ।

जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले शहीदले बलिदानी गरेर रगतले लेखेको संविधाननै धरापमा परेको बताएका छन् । उनले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकारविरुद्ध लाग्ने चेतावनी समेत दिएका छन् ।  

Logo