सिनेजगत वाग्मती

प्रेमदिवसको अवसर पारेर चलचित्र “प्रेमगन्ज” को घोषणा

15 Shares

विगत २५ वर्षदेखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिवसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्र “प्रेमगन्ज” को औपचारिक घोषणा गरेका छन् । चलचित्र पूर्णतः प्रेमकथामा आधारित हुने बताइएको छ ।

राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन् । उनले सगुनदेखि “ए मेरो हजुर ३” सम्म आउँदा लगभग तीन सय बढी चलचित्रमा काम गरिसकेका छन् । उनी यो चलचित्र क्षेत्रमा पाइला राख्दा जम्मा ११ वर्षका थिए । आफ्नो जीवनको आधा हिस्सा चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ ? त्यो भने हेर्न बाँकी छ ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी रहेका छन् । यो चलचित्र चलचित्र चौतारी” को ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रकाशित: २ फाल्गुन २०७७ ११:४८ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी