मदनकृष्णकाे स्वरमा ‘फुलबुट्टे सारी’ लिजेण्डरी भर्सन – (भिडियो)

मदनकृष्णकाे स्वरमा ‘फुलबुट्टे सारी’ लिजेण्डरी भर्सन – (भिडियो)


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा ‘फुलबुट्टे सारी’ को लिजेण्डरी भर्सन सार्वजनिक गरिएको छ । मेल, फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको गीतको लिजेण्डरि भर्सनलाई काठमाडाैं मा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।

मार्मिक लामाको आवाज र राजनराज शिवाकोटीको शब्द–संगीतमा १२ बर्ष अगाडि रेकर्ड गरिएको गीतको चर्चा यतिबेला निकै चुलिएको छ । मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको गीतले दर्शकको मन जितेको छट भने थुप्रै रेकर्डपनि बनाईसकेको छ ।  

यस अघि संगीतकार राजनराजकी छोरी अरिश्मा शिवाकोटीको आवाजमा गीतको चाइल्ड भर्सन रिलिज भएको थियो । उक्त भर्सनलाई पनि दर्शकले निकै रुचाएका थिए ।  

हाल सार्वजनिक गीतको लिजेण्डरि भर्सनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा मदनकृष्ण स्वयम् र मिथिला शर्मा फिचर रहेका छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । राई यसअघि सार्वजनिक सबै भर्सनका निर्देशक पनि हुन् ।  

उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियो रिलिज कार्यक्रममा अर्का वरिष्ठ  कलाकार हरिवंश आचार्य प्रमुख अथिति रहेका उपस्थित थिए । कालाकार हरिवंशले गीत र भिडियोको खुलेर प्रशंसा गरेका थिए ।  

गीत सार्वजनिक कार्यक्रममा गीतसँग आवद्ध सर्जक, कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि हरिवंश आचार्यलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा संगीतकार शिवाकोटीले वरिष्ट कलाकार श्रेष्ठकै सक्रियतामा गीतको लिजेन्डरी भर्सन तयार भएको र यो नै अन्तिम भर्सन भएको जानकारी दिए । यता, वरिष्ठ  कलाकार श्रेष्ठले केही वर्ष अघिनै गीत गाउन आत्मसमर्पण गरिसकेको भएपनि सिवाकोटीको आग्रहमा ‘फुलबुट्टे सारी’मा स्वर भरेको बताए । उनले अन्य भर्सन जस्तै गीत दर्शक स्रोतले मन पराई दिने र गायन क्षेत्रमा आफ्नो नयाँ फड्को पनि भएको बताए ।  

गीतको भिडियो

 

 

Logo