सिन्धु र सन्तुको आवाजमा ‘कौरा गीत’ ‘सुपारी काँचो’ बजारमा (भिडियो)

सिन्धु र सन्तुको आवाजमा ‘कौरा गीत’ ‘सुपारी काँचो’ बजारमा (भिडियो)


गायिका सिन्धु मल्ल र गायक सन्तु थापाको आवाजमा नयाँ ‘कौरा गीत’ सार्वजनिक गरिएको छ ।  ‘सुपारी काँचो’ बोलको सार्वजनिक गीतमा सुरेश राना मगरको शब्द तथा संगीत रहेको छ । कौरा गीत विशेष गरेर मगर गुरुङ र दुरा जातीमा प्रचलित लोक भाका हो । 

उक्त नयाँ गीत तथा म्युजिक भिडियो गायिका सिन्धु मल्लको जन्मोत्सवका अवसरमा काठमाडौंको अनामनगरमा एक पत्रकार भेटघाटका बीच सार्वजनिक गरिएको हो । गीतमा स्मृती शाही, पुष्प बोहोरा, राजु तोलांगे गुरुङ, राजेन्द्र घर्ती मगरको पनि स्वर सुन्न सकिन्छ भने, गीतलाई कमल सौरङले एरेन्ज गरेका हुन्  ।

दीप गुरुङको निर्देशन तथा कोरियो ग्राफीमा तयार गरिएको गीतको म्युजिक भिडियोमा लक्ष्मी गुरुङ, वविता गुरुङ, सुमिता गुरुङ, विमल गुरुङ, आर्यन मगर, रोशन मगर लगायतको अभिनय रहेको छ ।

आफ्नो जन्मदिनको केक काट्दै नयाँ गीत सार्वजनिक गरिएको खुसी साट्दै गायिका मल्लले नयाँ गीतलाई सबैले सुनेर, हेरेर माया गरिदिन आग्रह गरिन् । कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै गायक सन्तु थापाले पनि एउटा उत्कृष्ट लोक भाका बजारमा ल्याउने प्रयास गरेको र आफ्नो प्रयासलाई हेरेर प्रतिक्रिया दिन दर्शक स्रोतामाझ आग्रह गरे । 

गीतको भिडियोलाई गायक थापा स्वयंको अफिसियल युट्युव च्यानलमा हेर्न सकिन्छ । 

 

Logo