गायिका अन्जु पन्तको ‘रुमाल..रुमाल..जाले रुमाल’ सार्वजनिक (भिडियोसहित)

गायिका अन्जु पन्तको ‘रुमाल..रुमाल..जाले रुमाल’ सार्वजनिक (भिडियोसहित)


गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको 'रुमाल..रुमाल.. जाले रुमाल' बोलको गीत सार्वजनिक भएको छ । 

गीतमा लोकप्रिय गायिका अन्जु पन्त र सर्जक खनालको स्वर रहेको छ । शुक्रबार सार्वजनिक भएको लोकशैलीको उक्त गीतमा चर्चित मोडल तथा नायक पल शाह र मोडल गरिमा शर्माले अभिनय गरेका छन् । 

प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियो छोटो अवधिमै युट्युबमा चर्चा बटुल्न सफल भएको छ ।

कमल सौरागले संगीत भरेको यस गीतमा स्मृति शाही र पुष्पा बोहोराले समूह गायन गरेका छन् । प्रिज्म डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

नवराज उप्रेतीले छायांकन गरेको यस गीतको भिडियो विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा अमर सुनारले एसिस्टेन्ट कोरियोग्राफी गरेका छन् । 

 

Logo