आफ्नै नाममा बनेको गीतले रुवायो कोमल वलीलाई (भिडियोसहित)

आफ्नै नाममा बनेको गीतले रुवायो कोमल वलीलाई (भिडियोसहित)


पछिल्लो समय राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वली र नेकपाका दाहाल–नेपाल समूहका नेता रघुजी पन्तबीचको विवाद उत्कर्षमा पुगेको छ । नेता रघुजी पन्तले सारी सर्काएर पिडौंला देखाएर पोइला जान पाम भनेपछि कोमल वलीले सांसद पद पाएको भन्ने आपत्तिजनक अभिव्यक्ति दिएपछि महिला अधिकारकर्मी, संगीतकर्मी लगायत अधिकांश जनता सांसद वलीको पक्षमा उत्रिएका छन् । 

यहि विषयमा आधारित रहेर सांसद वलीलाई सांगीतिकरुपमा साथ र समर्थन प्रदान गर्न ‘कोमल वली दिदी’ गीत सार्वजनिक गरिएको छ । राजकुमार वानियाँको शब्द, संगीत, निर्देशन र स्वर रहेको गीतले गाउँको एक साधारण केटी कोमल वलीले यस उचाईसम्म आइपुग्न गरेका त्याग, समर्पण र लगनशिलताको व्याख्या विश्लेषण गरिएको छ भने जनता हरदम साथमा रहने भन्दै नडगमगाइकन अगाडि बढी देश विकासमा लाग्न  कोमललाई प्रोत्साहन गरिएको छ । 

आफ्नै पार्टीभित्रबाट असह्यरुपमा प्रहार हुँदा आफ्नो जीवनीमा तयार भएको यस गीतले आफूलाई निकै मर्माहित बनाएको भन्दै गहभरि आँशु पार्दै वलीले भनिन्–यस गीतका हरेक शब्दले मेरो मनलाई छोएको छ । म आफैंले पनि व्यक्त गर्न नसक्ने भावनाहरु यस गन्धर्व गीतले मिठो शैलीमा प्रस्तुत गरेको छ । 

अहिलेको विवादको कुरा गर्ने हो भने रघुजीले किन त्यस्तो निच शब्द प्रयोग गर्नुभयो त्यो त मलाई थाहा छैन । तर म हरेक नेपाली महिलाको नेतृत्व गर्ने स्थानमा पुगिसकेकोले यो विषयलाई नजरअन्दाज गर्न मिल्दैन । म नै चुप बसेँ भने अरु महिला दिदीबहिनीहरुलाई आफ्नो हक अधिकारका लागि लड्नुहोस् भनि मैले कुन आधारले भन्ने ? त्यसैले अब उप्रान्त कानूनी प्रकृयामा जान कानुनविद्हरुसँग मेरो कुरा भइरहेको छ । 

गीतलाई गायक तथा संगीतकार राजकुमार वानियाँको अफिसियल युट्युब च्यानल राजकुमार वानियाँबाट सार्वजनिक गरिएको छ । 

Logo