२८ कि भइन् आलिया भट्ट, यस्ता छन् उनका १५ रोचक तथ्य

२८ कि भइन् आलिया भट्ट, यस्ता छन् उनका १५ रोचक तथ्य


बलिउड अभिनेत्री आलिया भट्ट आज २८ औं जन्मदिन मनाउँदैछिन् । १५ मार्च १९९३ मा मुम्बईमा जन्मिएकी आलियाको बुवाको नाम महेश भट्ट र आमाको नाम सोनी राजदान हो । स्टुडेन्ट अफ द ईयरबाट बलिउड प्रवेश गरेकी उनलाई एक सफल अभिनेत्रीको रुपमा चिनिन्छ । बेलाबेलामा नातावादको आरोप लाग्दै आएपनि आलियाका सबैजसो चलचित्रहरु दर्शकले मन पराएका छन् । बलिउडमा सफल भएकै कारण आलियाले आफ्नो छुट्टै घर लिईसकेकी छिन् भने आफ्नो प्रोडक्सन हाउस समेत खोलिसकेकी छिन् । हालसम्म दर्जनौँ चलचित्रको मुख्य भुमिका निभाइसकेकी आलियाको जुलाई ३० मा फिल्म गंगुवाई कठियावाडी रिलिज हुँदैछ । जसको टिजर सार्वजनिक भइसकेको छ भने त्यसलाई दर्शकहरुले निकै मन पराएका छन् । आउनुहोस् आलियाको जन्मदिनमा उनका केही रोचक तथ्य जान्ने कोसिस गरौँ । 

– आलियाले ‘स्टुडेन्ट अफ द इयर’ को लागि तीन हप्तामा १६ किलो तौल घटाएकी थिइन् । त्यस समय उनको वजन करिव ६७ केजी थियो। यस फिल्मको लागि आलियासँगै करिव ४०० जना केटीहरूले अडिसन दिएका थिए। फिल्मको लागि छनौट भइसकेपछि करण जोहरले उनलाई या तौल घटाउन नत्र फिल्मको भूमिका बिर्सन भनेका थिए।

– ‘स्टुडेन्ट अफ द इयर’ आलियाको पहिलो फिल्म थिएन। उनले १९९९ मा रिलीज भएको फिल्म ‘संघर्ष’ मा प्रिती जिन्टाको बाल्यकालको भूमिका निभाएकी थिइन्। त्यतिखेर उनी ६ बर्षकी मात्र थिइन्।

– आलियाले प्रारम्भिक शिक्षा जमनाबाई नर्सरी स्कूल (मुम्बई) बाट गरेकी थिइन्। उनी स्कूलमा एक औसत विद्यार्थी थिइन्, तर उनी अन्य गतिविधिहरू जस्तै नाच्न र गाउनमा भने सधैँ अग्रसर थिइन्।

– आलिया र फेसन डिजाईनर मसाबा गुप्ता नजिकका साथी हुन् र उनीहरुको गिरोहको नाम ‘स्पाइस गर्ल’ हो। आलियालाई पार्टी गर्न र साथीहरूसँग बाहिर जान धेरै मन पर्छ।

– फिल्म बाहेक आलिया पेटा (जनावरको अधिकार सम्बन्धित संस्था)सँग पनि आवद्ध छिन् । किनभने उनी जनावरहरूलाई माया गर्छिन् ।

– अभिनयका साथै गायनमा पनि आफ्नो कला प्रदर्शन गरिसकेकी आलियालाई संगीत निर्देशक एआर रहमानले विश्व प्रसिद्ध संगीत स्कूलमा प्रशिक्षण दिने प्रस्ताव राखेका थिए ।

– आलियाकी आमा आधा काश्मिरी र आधा जर्मन हुन्। उनका बुबा महेश भट्ट भने गुजराती हुन्। पूजा भट्ट र राहुल भट्ट उनका सौतेनी भाइबहिनीहरू हुन्।

– आलिया आफ्नो बुबाको नजिक तबमात्र आइन् जब उनको बलिउड करिअर शुरू भयो। अरु केटीहरु झैँ आलिया आफ्ना बुबा जस्तो श्रीमान् चाहँदिनन् किनभने उनको बुबाको जीवन एकदम कन्ट्रोभर्सियल रहेको छ र उनका धेरै अफेयर्स रहेका छन्। 

– आलियाको जीवनका तीन महत्वपूर्ण व्यक्तिहरू उनकी आमा सोनी रजदान, बहिनी शाहीन र सल्लाहकार करण जोहर हुन्।

– आलिया लामो समयबाट अभिनेता रणवीर कपुरको प्रेममा छिन् । उनीहरु यस वर्ष विवाह गर्ने सोचमा थिए । तर रणवीरका बुबा ऋषि कपुरको असामहिक निधनले उनीहरुको विवाह रोकिएको थियो ।

–गायन बाहेक उनी पेन्टिङ गर्न पनि मन पराउँछिन्। उनलाई चारकोल पेन्टिङ बनाउन मन पर्छ ।

– आलिया पर्याप्त निन्द्रालाई आफ्नो सुन्दरताको रहस्य मान्छिन्। मर्निङ पर्सन भएकोले उनी बिहान सबेरै उठ्छिन्।

– आलिया फ्रेन्च फ्राइ मन पराउँछिन् । जसलाई उनी दिनको कुनै पनि समयमा खान सक्छिन्।

– आलियालाई ग्रिन टिसँग बदाम खान मन पर्छ । मुंग दालको हलुवा उनको फेवरेट हो ।

– भारतमा आलियाको मनपर्ने गन्तव्य हिमान्चल प्रदेश हो।एजेन्सी

Skip This
Logo