चर्चित बलिउड स्क्रिप्ट राइटर सागर सरहदीको निधन, फिल्मकर्मीद्वारा दुःख व्यक्त

चर्चित बलिउड स्क्रिप्ट राइटर सागर सरहदीको निधन, फिल्मकर्मीद्वारा दुःख व्यक्त


बलिउड स्क्रिप्ट राइटर, निर्माता तथा निर्देशक सागर सरहदीको निधन भएको छ। चलचित्र ‘कभी कभी’, ‘कहो न प्यार’, ‘सिलसिला’, ‘दीवाना’, ‘नुरी’लगायत चलचित्र लेखक सरहदीको ८८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। 

स्क्रिप्ट राइटरमात्र नभएर उनले शिरुद्दिन शाह र स्मिता पाटिल अभिनित ‘बाजार’ फिल्मको समेत निर्देशन गरेका थिए। सरहदीको निधनपछि बलिउड स्तव्ध बनेको छ। थुप्रै बलिउडकर्मीहरूले उनको निधनप्रती दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।

लेखक तथा गीतकार जावेद अख्तरले ट्विट गर्दै लेखेका छन्, ‘कभी कभी, नूरीका लेखक तथा बाजार जस्तो फिल्म निर्देशन गरेका दिग्गज नाटक तथा फिल्म लेखक सागर सरहदीको निधन भएको छ। उनका भतिजा रमेश तलवारप्रति सहानुभूति र सरहदीप्रति हार्दिक समवेदना!’

यस्तै निर्माता तथा निर्देशक अनुभव सिन्हा, फिल्मकर्मी अशोक पण्डीतलगायतले पनि सरहदीको निधनप्रति ट्विटरमार्फत दुःख व्यक्त गरेका छन्। एजेन्सी

Skip This
Logo